+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले माग्यो पीडितसँग निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १६:५८
मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की ।

१४ वैशाख, काठमाडौं । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले निवेदन दिन पीडितहरुलाई आह्वान गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले बिहीबार सूचना निकाल्दै अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निवेदन आह्वान गरेको हो ।

वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र निवेदन दिनुपर्ने आयोगले बताएको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना गरिएको भन्दै आयोगले भनेको छ, ‘पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाई अनलाइनबाट सिधा यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ ।’

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?