+
+

फिल्म ‘अन्तिम संस्कार’ असार ८ मा रिलिज हुने 

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १६:५०

काठमाडौं । दीया पुन र विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’को प्रदर्शन मिति तय भएको छ । शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज मिति घोषणा गरेका हुन् । अब यो फिल्म असार ८ गते देशव्यापी प्रदर्शन हुने भएको छ ।

पोस्टरमा फिल्मका शीर्ष पात्रहरुलाई समेटिएको छ । दीया र विजयसहित रेश्मा घिमिरे, एवनराज उप्रेती लगायत पोस्टरमा चित्रित छन् । अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।

नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्न लागेको हो । एप्पलकी जेनिश पहारीले फिल्मको स्टोरीलाइन रोचक रहेको बताइन् । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।

फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा मे २ देखि स्ट्रिमिङ हुँदैछ । फिल्ममा त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?