
१५ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ ।
सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4