+
+

महावीर पुनको माग प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्नुपर्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १२:४१

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत महावीर पुनसँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वको कदर गर्दै प्रधानमन्त्रीले पुनको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय  प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’

आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?