+
+

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते ११:५७

काठमाडौं । दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ ।

गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा पनि गीत ट्रेन्डिङको शीर्षस्थानमा छ । दुई सातामै यो गीतलाई दुई करोडभन्दा बढी पटक हेरिएको छ । दुई साताभित्रै दुई करोडभन्दा बढी पटक हेरिने गीतको समेत यसले रेकर्ड राखेको छ ।

सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर समावेश छ । सुदीप सागरले गीतको संयोजन गरेका हुन् । गीतमार्फत सपुतले गाउँबाट मोडल बन्ने सपना लिएर सहर आएकी युवतीले भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेका छन् ।

यो गीत नारीद्वेषी रहेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् भने गायक सपुतले चाहिं आफूले पितृसत्तात्मक सोचविरुद्ध गीत ल्याएको प्रष्टीकरण दिएका छन् । यो गीतपछि सपुत ‘बोल माया २’ र आफ्नै होम प्रोडक्सनको फिल्म निर्माणको तयारीमा छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?