
२२ वैशाख, काठमाडौं । काठमाडौंका लागि उडेको बंगलादेश एयरलाइन्सको विमानले प्राविधिक समस्याका कारण शुक्रबार पटनाको जयप्रकाश नारायण विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
७७ जना यात्रु बोकेर बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको बोइङ ७३८ विमान प्राविधिक समस्याका कारण पटनातर्फ डाइभर्ट गरिएको थियो । मध्यान्ह १२ बजे विमान भारतमा अवतरण गरेको थियो । आफ्नो बायाँ पखेटामा समस्या देखिएपछि विमान अवतरण गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
एयरपोर्ट्स अथोरिटी अफ इन्डिया (एएआई) का दमकल तयार राखिएको थियो । सुरक्षित अवतरणपछि एयर इण्डियाका इन्जिनियरहरूले विमानको समस्यमा समाधान गरेका थिए । अपरान्ह ४ बजेपछि विमान नेपालतर्फ उडेको थियो । अपरानह ४ः५८ मा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरण गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4