+
+

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते २२:३५

२२ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो ।

डब्ल्यूएचओको यो घोषणालाई कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ । ¬

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओ कडा प्रतिबन्धात्मक नियमहरु जारी गरेको थियो ।

कोरोना महामारीका कारण विश्वभर ७० लाख मानिसको मृत्यु भएको पुष्टि डब्ल्यूएचओले गरेको छ । तर उसले मृतकको संख्या यो भन्दा तीन गुणा बढी हुन सक्ने अनुमानसमेत गरेको छ ।

अधिकारीहरूका अनुसार कोरोना संक्रमणका कारण साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरी महिनामा एक लाख भन्दा बढीसम्म पुगेको थियो । यो उच्च विन्दुबाट गत महिना (२४ अप्रिल)मा मृत्युदर तीन हजार पाँच सयमा झरेको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले आपतकालीन समितिको १५ औं बैठकमा आएको सुझाव अनुसार जनस्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको बताएका छन् । तर खतरा भने कायमै रहेको उनले बताएका छन् । अवस्था फेरिएमा स्वास्थ्य आपतकाल फेरि घोषणा गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?