+
+

सुनसरीमा नक्कली नोटसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १५:५६

२३ वैशाख, काठमाडौं । प्रहरीले सुनसरीको इटहरीमा नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-२ का ३८ वर्षका जमिल खातुन रहेका छन् ।

इटहरी उपमहानगरपालिका-१ आँपगाछीमा २१ वैशाखमा लागेको सिरुवा मेलामा उनले एक हजार रुपैयाँको नक्कली नोट दिएर सामान किनेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनको साथबाट ६ थान एक हजारको र २२ थान ५०० रुपैयाँको नोट भेटिएको प्रहरीले जनाएको छ । नक्कली नोटको कारोबारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान भइरहेको सूचना अधिकारी डीएसपी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?