+
+

दिनैपिच्छे सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित हुँदैन : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १६:२०

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए ।

सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै उनले गठबन्धनमा केही गल्ती भए सच्याएर अघि बढ्नुपर्ने तर स्थिरता कायम गर्नुपर्ने बताए ।

रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा गरेको एक कार्यक्रममा उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ त्यहाँ सच्याएर अघि बढने बेला हो ।’

मुलुकलाई सम्भावित संकटबाट जोगाउने जिम्मा अहिलेको सत्ता गठबन्धनको हो भन्दै उनले त्यसका लागि सरकार स्थिर रहन आवश्यक भएको बताए ।

‘सरकार स्थिर भएर काम गर्नुपर्छ । र, जनतालाई डेलिभरि दिनुपर्छ । अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनुपर्छ । र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ । त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो’ अध्यक्ष यादवले भने ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग पर्याप्त बहुमत रहेको बताए । यादवले भने, ‘सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फरटेबल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । संख्या छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?