
२३ वैशाख, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई खेलकुद पत्रकार मञ्च, गण्डकीले कीर्तिशेष सम्मान अर्पण गरेको छ । थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।
प्याराग्लाइडिङ खेल विकासमा थापाको योगदानको कदर गर्दै मञ्चले सातौं पोखरा स्पोर्टस् अवार्डको अवसरमा सम्मान प्रदान गरिएको महासचिव राजाराम पौडेलले बताए । स्वर्गीय थापाको परिवारलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
साथै, वर्ष उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । यस वर्षको वर्षोत्कृष्ट खेल पत्रकारबाट पत्रकार सागरराज तिमिल्सिना लाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4