+
+

विश्वमै पहिलोपटक रोबोटबाट महिलाको गर्भाधान, जन्माइन् जुम्ल्याहा बच्चा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ९:४८

अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ । त्यो पनि प्ले स्टेशन ५ को गेमिङ कन्सोलको सहयोगमा ।

यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ । त्यहाँ इनभिट्रो फर्टिलाइजेसन अर्थात् टेष्टट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ । अन्ततः रोबोटकै सहयोगमा २ वटा बच्चा जन्माइएको छ ।

स्पेनको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकिट हालियो । सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्लेस्टेशन ५ को गेमिंग कन्सोलको प्रयोग गरिएको थियो । त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकिटबाटै ती महिलाले गर्भधारण गरिन् ।

यअसघि आइभिएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्रकिट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो । तर अब यो काम रोबोटले गर्नसक्ने भएको छ ।

आइभिएफ प्रविधि महंगो हुने र त्यसमा सफलतापूवर्क गर्भाधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पतालहरु सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए ।

शोधकताहरु नयाँ प्रविधिको विकासमा निरन्तर लागेका थिए ताकि खर्च कम गर्न सकियोस् । यसले सजिलो र कम खर्चिलो तरिकाले मध्यम वर्गीय दम्पतिहरुालई पनि टेष्टट्युब प्रविधिबाट बच्चा जन्माउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्याहा हाल स्वस्थ छन् ।

ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुअर्ड अल्बाले प्लेस्टेशन ५ को गेमिंग कन्सोलको सहयोगमा रोबोटमार्फत् ती महिलाको अण्डासयमा रहेको डिम्बमा सुइँबाट शुक्रकिट हालिदिएका थिए ।

अन्ततः दुईवटा परिपक्व डिम्बसँग शुक्रकिटको मिलन भई जुम्ल्याहा भ्रुण तयार भयो र त्यसबाट स्वस्थ बच्चाहरु जन्मिएका छन् ।

यो विश्वमै पहिलो इन्स्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन प्रविधि भएकेा बताइएको छ । यो प्रविधि विकास गर्ने जियानपियेरो पालेर्मोका अनुसार रोबोट र गेमिंग कन्सोलको माध्यमबाट कोही महिलालाई गर्भवती बनाउने कुरा निकै अनौठो लाग्दछ ।

अहिले सानो कदम लाग्ने यो कुरा भविष्यमा निकै ठूलोउपलब्धि हुनसक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?