+
+

हाइकु प्रवर्द्धनका लागि बनेपामा हाइकु-राम-झुपडी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १३:४४

काठमाडौं । नेपाल हाइकु केन्द्रले काभ्रेको बनेपास्थित अक्षरधाममा हाइकु-राम-झुपडी सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित समारोहमा उक्त हाइकु भुपडीको उद्घाटन गरिएको हो । झुपडीलाई अन्तर्राष्ट्रिय स्तरमै चर्चित छोटो कविता विधा हाइकुको अनुसन्धानका लागि विकास गरिने साहित्यकार तथा सञ्चारकर्मी शिरोमणि दवाडीले जानकारी दिए ।

नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडेले हाइकु झुपडी नयाँ साहित्यिक पुस्ताका लागि तीर्थस्थलको रुपमा रहने बताए । उक्त अवसरमा उनले अक्षरधामको व्यवस्थापन गर्दै आएका शब्द साधक संस्था र नीलकण्ठेश्वर धाम संरक्षण समितिलाई केन्द्रको तर्फबाट एक लाख रुपैयाँ हस्तान्तरण गरे ।

शब्द साधकका अध्यक्ष हरि मञ्जुश्रीले आफ्नो पत्रकारिता र साहित्यिक अनुभवबाट एउटा गतिलो साहित्यिक गन्तव्य स्थल निर्माण गर्न प्रेरणा प्राप्त भएको सुनाए । नीलकण्ठेश्वर धामका अध्यक्ष कृष्णमणि कुइँकेलले साहित्यिक अध्ययन तथा अनुसन्धान गन्तव्यस्थलका रुपमा नेपाल हाइकु केन्द्रले गरेको कार्यप्रति खुसी व्यक्त गरे ।

उक्त अवसरमा पाँडेको अंग्रेजी हाइकु संग्रह ‘हाइकु बड’, डा. यादव ढुंगानाको ‘नेपाली सुनौलो शिर’ र चन्द्रकला शाहको ‘कोसेली’ विमोचन समेत गरिएको थियो । साहित्य क्षेत्र प्रवद्र्धन गर्ने उद्देश्यले १२ वर्षअघि अक्षरधाम स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?