+
+

एरोक्स १५५ : रेसिङ बाइकको प्यास मेटाउने स्मार्ट स्कुटर (भिडियो एक्सप्लेनर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते ८:३०

काठमाडौं । धेरै अघि होइन, नेपालमा केही वर्षअघिसम्म पनि १५० सीसीका मोटरसाइकललाई गज्जबको बाइक मानिन्थ्यो । अहिले जमाना बदलिएको छ, बजारमा त्योभन्दा बढी क्षमतावान स्कुटरहरु उपलब्ध हुन थालेका छन्, थोरैमध्येको त्यस्तो सूचीमा अब्बल बनेर आएको छ, यामाहा एरोक्स १५५ ।

यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले हालै नेपालमा सार्वजनिक गरेको एरोक्स १५५ म्याक्स स्पोट्र्स स्कुटरले सेग्मेन्टमा लिक्विड कूल्ड इन्जिन मात्र दिएको छैन, स्टाइल, पर्फर्मेन्स र राइडिङ एक्सपेरियन्समा पनि नयाँ मानक खडा गरेको छ । यामाहा रेसिङ डीएनएको मोटरसाइलबाट प्रभावित देखिने यो स्कुटर साधारण दैनिकी प्रयोगका लागि पनि उत्तिकै योग्य छ ।

‘द अल्टिमेट स्कुटर’ नाम दिइएको यो स्कुटर एउटै मोडलमा बाइकिङ अनुभवका लागि पर्याप्त छ । किनकी प्याकेजका रुपमा आएको यो ‘म्याक्सी स्पोर्ट्स बाइक’मा स्कुटर र मोटरसाइकल दुबैको फिचर पाइन्छ ।

शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन नै यो स्कुटरको विशेषता हो । झन् सुरक्षा फिचर्सहरुको संयोजनले सुनमा सुगन्ध थपिए झैं भएको छ ।

स्पोर्टी र स्टाइलिस 

यो स्कुटरअघिबाट हेर्दा जति स्पोर्टी देखिन्छ, चारैतर्फबाट हेर्ने हो भने उत्तिकै स्टाइलिस पनि भेटिन्छ । झ्ट्ट यसको मस्कुलर डिजाइनले जोकोहीलाई प्रभावित गर्न सक्छ । झन् स्कुटरको अग्रभागको भिजुअल क्यारेक्टर एरोडायनामिक छ ।

स्कुटरमा एलईडी डीआरएल छ । स्कुटर स्टार्ट भएपछि यो बलिरहन्छ । अगाडि पछाडि नै एलईडी हेडल्याम्प छ । अघिका हेडलाइट  र पोजिसन एलईडीले एरोक्समा थ्री डायमेन्सनल (थ्रीडी) लुक स्थापित गरिदिएको छ । यी एलईडी हेडलाइटहरुले राति समयमा पनि उत्कृष्ट भिजिबिलिटी दिन्छन् ।

टेल लाइटमा १२ कम्प्याक्ट एलईडीहरू छन्, जसले बाइकलाई आधुनिक मात्रै देखाएका छैनन्, थ्रीडीको स्वरूप दिलाएका पनि छन् । यसमा हेलुजन इन्डिकेटर लगाइएको छ । पछाडिबाट हेर्दा पनि यो स्कुटर उत्तिकै गज्जब देखिन्छ ।

बलियो इन्जिन र पर्फर्मेन्स

नेपाली बाटोमा छाउने क्रममा रहेको एरोक्स १५५ पर्फर्म्न्सका हिसावले पनि कम्ताको छैन । कम्पनीका अनुसार १५५ सीसीको यो स्कुटर हेर्दा जति आकर्षक छ, उत्तिकै शक्तिशाली छ । यसले ८००० आरपीएममा १५ पीएसको पावर जेनेरेट गर्छ । यसले ६५०० आरपीएममा १३.९ एनएमको टर्क पनि उत्सर्जन गर्छ । यसमा फोर स्ट्रोक, एसओएचसी, ४ भल्भसहितको लिक्विड कुल्ड इन्जिन छ ।

इलेक्ट्रिक स्टार्टरसहितको यो स्कुटर इ–२० कम्प्याटिबल छ । भी बेल्ट अटोमेटिक ट्रान्समिसन प्रविधिको एरोक्समा फ्युल इन्जिेक्सन (एफआई) प्रविधि जडित छ । यामाहाका बाइकमा प्रयोग भएर प्रमाणित हुँदै विश्वसनीयता हासिल भइसकेको एफआई प्रणालीले ग्राहकको खर्च मात्रै जोगाउँदैन, अप्ठेरो अवस्थामा प्राविधिक रुपमा साथ पनि दिन्छ ।

यसमा नेपालमा अहिलेसम्म स्कुटरमा नभएको भेरिएबल भल्भ एक्चुएसन (भीभीए) टेक्नोलोजी प्रयोग भएको छ । उच्च आरपीएमका पुग्दा ‘पावर लस’ हुने समस्या भीभीए प्रविधिले रोक्छ । यसैकारण नेपालको सबै खालको बाटोका लागि यो बाइक निकै प्रभावशाली हुनेमा कम्पनी विश्वस्त छ ।

एमएडब्ल्यूले यसलाई नेपालमा उपलब्धमध्ये सबैभन्दा छिटो दौडिन सक्ने स्कुटरका रुपमा चिनाएको छ । यसले १२० किलोटिमर प्रतिघण्टाको गतिमा दौडिने क्षमता राख्ने यो स्कुटर आफैंमा अविश्वसनीय यात्रा अनुभवका लागि परिचित हुने देखिन्छ ।

सुरक्षामा ‘नो कम्प्रोमाइज’

नेपालमा बाइक राइडर र उनीहरुका परिवारका लागि सबैभन्दा बढी चासोको विषय हो सुरक्षा । यो स्कुटर सुरक्षाका हिसाले पनि अब्बल देखिन्छ ।

यसको अगाडि २३० एमएमको डिस्क ब्रेक छ । पछाडि १३० एमएमको ड्रम ब्रेक छ । अघि सिंगल च्यानल एबीएस (एन्टि ब्रेकलकिङ सिस्टम) पनि छ । यसले स्कुटर चिप्लिने समस्या कम गराउँछ । र, आकस्मिक अवस्थामा रोक्न सहज तथा सुरक्षित हुन्छ ।

यसमा अघि ११०/८० एमएमको ट्युबलेस टायर छ । पछाडि १४०/७० एममएमको ट्युबलेस टायर नै छ । यसमा १३५० एमएमको ह्विलबेस छ । सम्भवतः नेपाली जबारमा उपलब्ध स्टकुरमध्ये सबैभन्दा बढी ह्विलबेस भएको स्कुटर एरोक्स १५५ नै भएको एमएडब्ल्यूको दाबी छ ।

यसको ग्राउन्ड क्लेयरेन्स १४५ एमएम छ । यसले कच्ची बाटोहरुमा पनि सजिलै यात्रा सहज बनाउँछ । स्पोर्ट स्कुटरमा पनि यति धेरै ग्राउन्ड क्लेयरेन्स दिएर कम्पनीले यो स्कुटरलाई नेपाली बाटो मैत्री बनाइदिएको छ ।

ट्रयाक्सन कन्ट्रोल सिस्टमसहितको यो बाइकको कुल तौल १२० केजी छ । फूल ट्यांकी तेल हाल्दा १२६ केजीसम्म मात्रै पुग्छ । यसको हाइट ११५० एमएमको छ । ७९० एमएको सिट आइट छ, जसले नेपाली बाटोमा राइडरलाई मज्जाको आत्मविश्वास र कन्ट्रोल दिन सघाउँछ ।

यसमा साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच पनि छ । स्ट्यान्ड माथि लगेपछि मात्रै स्कुटर स्टार्ट हुने भएकाले यो स्कुटर सुरक्षित यात्रालाई पूर्वप्रत्याभुत गर्न सक्षम छ । यसको ‘आर’ (रेसिङ) डीएनए इन्जिनले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन दिन्छ । रेसिङ बाइकको अनुभव लिन चाहानेहरुले एरोक्सबाटै त्यस्तो प्यास मेटाउन सक्छन् ।

स्मार्ट मोटर जेनेरेटर सिस्टम जोडिएको यो स्कुटरको इन्जिनको साउन्ड पनि ‘स्मुद’ छ । यसको अघि टेलिस्कोपिक फर्ग र पछाडि युनिक स्विङ सस्पेन्सन सिस्टम छ । यसले जस्तोसुकै यात्रालाई आरामदायी पनि बनाउन सघाउँछ ।

स्मार्ट स्कुटर 

यो स्कुटरको विशेषता लुक्स, यन्जिन र सुरक्षा पक्षको मात्रै वर्णनबाट पुरा हुँदैन । यसमा दिइउका आधुनिक तथा सहज खालमा फिचरले पनि राइडरलाई सन्तुष्ट बनाउन सघाउँछ ।

एरोक्स १५५मा स्कुटर राइड गरिरहेकै बेलामा पनि होल्डरमा राखेर मोबाइल चार्ज गर्ने सुविधा छ । यो फूल्ली डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टरसहितको स्कुटर हो । स्मार्टफोनमा एपमार्फत ‘स्मार्ट वाइ कनेक्ट टेक्नोलोजी’सँग पनि जोड्न सकिन्छ । एकपमार्फत यो मोबाइलबाट कनेक्ट गरेपछि थुप्रै आधुनिक सुविधाहरु पाइन्छ ।

५.८ इन्च इन्स्ट्रुमेन्टल स्क्रिनमा स्पिडोमिटर, आरपीएम र भीभीडब्ल्यू इन्डिकेटरहरु देखिन्छन् । यात्रामा क्रममा महत्वपूर्ण जानकारी ट्रयाक गरेर यात्रासम्बद्ध निर्णयहरु लिन सहज हुन्छ । यसमा मर्मतको तालिका, स्कुटरमा आउनसक्ने खराबीका इन्डिकेटरहरू, माइलेज, ब्याट्रीको स्तर लगायतका सूचना पनि लिनसकिन्छ । यसमार्फत इनकमिङ कल, एसएएसएस नोटिफिकेसन नै स्कुटरको डिस्प्लेमै देख्न सकिन्छ । एप र डिजिटल क्लस्टरमार्फत नै सर्भिसिङ सम्बद्ध नोटिफिकेसन पनि आउँछ ।

स्कुटर पार्किङको स्थल एपमार्फत हेर्न सकिन्छ । बाइकको डिस्प्लेमा देख्न नसकिने विभिन्न बाइकिङ प्रविधिको मेकानिकल एनिमेसनहरु पनि ‘वाइ कनेक्ट’को एपमा हेर्न सकिन्छ ।

यो एपमा कनेक्ट भएका यामाहाका राइडरहरुमध्ये कसले राम्रोसँग राइड गरिरहेको छ भन्ने आधारमा हुने ¥याकिङमा आफ्नो पोजिसन पनि हेर्न सकिन्छ । स्कुटरमा पहिलो पटक नेपालमा आएको ‘वाई कनेक्ट टेक्नोलोजी’ले एरोक्सलाई थप स्मार्ट बनाएको छ ।

यसमा स्टप एन्ड स्टार्ट सिस्टम पनि छ । कुनै ट्राफिक जाममा रोकिंदा अटोमेटिक इन्जिन अफ हुन्छ । यसमा जाममा बस्दा अटोमेटिक स्टार्ट बन्द हुँदा फेरि स्टार्ट बटम थिच्न नपर्ने र एसिलेटर चलाउँदा नै स्टार्ट हुने अप्सन पनि छ ।

सयममै सर्भिसिङ गर्दा यसले जुनसुकै कन्डिसनमा ४० किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । यसमा ५.५  लिटरको फ्युल ट्यांक छ । तेल भर्न फ्रन्ट भागमा राखिएको बटममा एक क्लिक गर्नासाथ ट्यांकीको मुख खुल्छ ।

रि–फ्युलिङका लागि बाइकबाट ओर्लिन पर्दैन । यसमा २४.५ लिटरको अन्डर सिट स्टोरज छ । जुन, राइडरहरुका लागि सामानहरु राख्न पर्याप्त स्पेस हो । यो स्टोर पनि एक क्लिकमा नै खुल्छ ।

कति छ मूल्य ?

एमएडब्ल्यू इन्टरप्राइजेजका सेल्स अफिसर दीपेश पुरी लुक्स, पर्फर्मेन्स र फिचर्सका हिसावले यो स्कुटर एउटा पूर्ण प्याकेजका रुपमा आएको बताउँछन् । यसैकारण सार्वजनिक हुनुअघि नै कम्पनीले थुप्रै प्रि–बुकिङ पाएको उनको भनाइ छ ।

‘कतिपय राइडरहरु त लन्चअघि नै स्कुटर लिएर जान्छु भनेर मरिहत्ते गरिरहनुभएको थियो, यसले जनउँछ कि यसमा नेपाली ग्राहकको रुची कति धेरै देखिएको छ,’ उनी भन्छन्,‘यो यामाहा प्रतिको भरोसा पनि हो ।’

कम्पनीका अनुसार यामाहा एरोक्स १५५ रेसिङ ब्लू, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक कलरमा उपलब्ध छ । कम्पनीले यसको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ राखेको छ । यामाहाको आधिकारिक सोरुमहरूबाट यो बाइक किन्न र बुक गर्न सकिन्छ ।

‘आफ्टर सेल्स सर्भिसमा पनि यामाहा नेपालमै सबैभन्दा बढी प्रतिबद्ध भएर लागेको सबैलाई थाहा छ,’ सेल्स अफिसर पुरी भन्छन्,‘अहिलेसम्म एरोक्स १५५का ग्राहकले यो बाइक किनेपछि दिएका प्रतिक्रियाले हामी उत्साहित छौं, यो बाइकले आफ्ना विशेषताकै बलमा पनि नेपाली ग्राहकलाई सुन्तुष्ट गर्नेछ ।’

फोटो/भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?