
२५ वैशाख, चितवन। चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।
लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले ताला फुटाएको हो ।
ताला फुटाएपछि विद्यार्थीहरुको पठनपाठन र परीक्षाका कामहरु अगाडि बढाउने क्याम्पस प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4