
२६ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न बिहान ११ बजे एमाले सचिवालय बैठक बस्न लागेको हो ।
एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ । वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सन्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4