+
+

बुधबार विवाह गर्दै श्रद्धा र विक्की

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १२:५८

काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ ।

परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको बेलुका हुने रिसेप्सन समारोहमा सेलिब्रिटीलाई समेत निम्तो दिइएको छ । सोमबारको मेहेन्दी समारोहमा यी दुईलाई बधाई दिन आफन्तजनको बाक्लो उपस्थिति थियो ।

गत मंसिरमा यी दुईले इन्गेजमेन्ट गरेका थिए । कमेडी च्याम्पियनको बेलादेखि नै यी दुईबीच अफेयरको हल्ला चलिसकेको थियो । तर अचानक इन्गेजमेन्ट दिंदै उनीहरुले सबैलाई सरप्राइज दिए । विक्की कमेडी च्याम्पियनका फस्ट रनरअप हुन् भने श्रद्धा निर्देशकीय टिममा थिइन् । श्रद्धाले ‘दर्पणछाया २’ बाट फिल्म करिअर थालेकी थिइन् । ‘प्रेमगीत २’ उनको पछिल्लो फिल्म हो । त्यसपछि उनी टेलिभिजनको कार्यक्रममा व्यस्त भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?