+
+

फोटो खिच्न खोज्ने विपक्षी टिमका सदस्यलाई रोनाल्डोले धक्का दिए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १५:०१

२६ वैशाख, काठमाडौं । साउदी अरेबियन क्लब अल नासरमा आबद्ध रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल खालिजसँग १–१ को बराबरी पश्चात विपक्षी टिमका एक सदस्यलाई दुर्व्यवहार गरेका छन् ।

उनले अल खालिजका प्रशिक्षण टिमका एक सदस्यलाई धकेलिदिएका हुन् । खेलमा खासै राम्रो प्रदर्शन दिन नसकेका रोनाल्डोसँग फोटो खिच्ने इच्छा जाहेर गरेका व्यक्तिलाई उनले धकालिदिएका हुन् ।

केएसयू स्टिेडियममा खेल पश्चात ३८ वर्षीय रोनाल्डोले अर्को टिमको खेलाडीसँग हात मिलाउँदै जर्सी आदनप्रदान गरे । उनी त्यति बेलासम्म सामान्य रहेका थिए ।

तर अल खिलालका कोचिङ स्टाफले फोटो खिच्न अनुरोध गर्दै बोलाएका थिए । रोनाल्डोले अस्वीकार गर्दा पनि कर्मचारीले फोटोका लागि बारम्बार आग्रह गरेपछि उनले ती कर्मचारीलाई धकेलिदिएका हुन् ।

अल नासरले भने हालसम्म यो घटनाको बारेमा केही विवरण प्रस्तुत गरेका छैन । यो घटनाले पुन रोनाल्डोलाई प्रतिबन्ध लगाउने अथवा के गर्ने भन्ने बारे अल नासरले केही प्रतिक्रिया दिइसकेको छैन ।

अल नासरमा आवद्ध भएका रोनाल्डोले साउदीमा गएर १३ खेलमा १२ गोल र २ असिस्ट गरेका छन् । उनको गोलले हालसम्म अल नासरलाई लिगको शीर्ष स्थानमा पुर्‍याएको छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?