+
+

कञ्चनपुरमा ४ लाख बढीका अवैध समानसहित ५ जना नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:४५

२६ वैशाख, धनगढी। कञ्चनपुरमा चार लाख ३९ हजार रुपैयाँ बराबरको अवैध समानसहित प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा भीमदत्त नगरपालिका-४ को बसपार्कबाट भन्सार छली गरेर भित्र्याइएका अवैध समानसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।

उनकाअनुसार तरकारी, लेडिज कपडा, आलु, मिश्री, प्याज, दुई वटा मोटरसाइकल, एउटा स्कुटर र तीन वटा साईकल समेत गरेर चार लाख ३९ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको हो भने समान ओसारपसारमा संलग्न पाँच जनालाई पनि नियन्त्रणमा लिइएको छ । तर उनीहरुको परिचय सार्वजनिक गरिएको छैन ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?