
२७ वैशाख, काठमाडौं । अनलाइनखबरका खेल पत्रकार गोविन्दराज नेपालको लेखलाई एसियाी खेलकुद पत्रकार महासंघ (एआईपीएस) स्पोर्टस् मिडिया अवार्ड-२०२२ मा प्रशंसा गरिएको छ ।
मंगलबार राति दक्षिण कोरियाको सियोलमा आयोजित अवार्ड वितरण कार्यक्रममा उनले प्रतिस्पर्धामा पठाएको ‘दृष्टिविहीन नेपाली क्रिकेट खेलाडी’ सम्बन्धी लेखलाई स्पेसज कमेन्डेसन अन पारा स्पोर्टसका रुपमा प्रस्तुत गरिएको हो ।
अनलाइनखबरमा उनले लेखेको यो खेल मुख्य प्रतिस्पर्धामा नपरे पनि राम्रो लेखका रुपमा प्रशंसा गरिएको अवार्ड समारोहमा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष तथा एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले जानकारी दिए ।
एआईपीएस स्पोर्टस मिडिया अवार्डमा विश्वभरका खेलकुद पत्रकारहरुबीच प्रतिस्पर्धा हुने गर्छ । पाँचौं संस्करणको यो अवार्डमा विश्वभरका १३८ देशबाट १८ सय ३० पत्रकारहरुले विभिन्न ९ विधामा प्रतिस्पर्धा गरेका थिए ।
हरेक विधामा शीर्ष तीन पत्रकार पुरस्कृत हुने गर्छन् । पहिलो हुनेले ८ हजार अमेरिकी डलर, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार अमेरिकी डलर पुरस्कार पाउँछन् ।
यसअघि नेपालबाट काठमाडौं पोष्टका पत्रकार प्रज्वल ओलीले सन् २०२० मा बेस्ट राइटर कोलमिस्ट अवार्ड जितेका थिए ।
प्रतिक्रिया 4