+
+
ओलीको प्रतिवेदनमा उपनिर्वाचनको समीक्षा :

वर्तमान सत्ताको विकल्प एमाले भन्ने तथ्यमै प्रश्न उठ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १६:०१

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको नतिजालाई चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् ।

केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनको नतिजालाई गम्भीर रुपमा हेर्नु पर्ने उल्लेख गरेका छन् ।

‘नेकपा एमालेले उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो’, प्रतिवेदनमा उल्लेख छ ।

उपनिर्वाचनको नतिजाले सत्ता गठबन्धनको विकल्प एमाले हो भन्ने तथ्यमै प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘गतः वर्ष मंसिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणााम आउनु गम्भीर विषय हो’, प्रतिवेदनमा भनिएको छ ।

यस्तो नतिजा आउनुको कारणबारे गम्भीर समीक्षाको आवश्यकता प्रतिवेदनमा औल्याइएको छ । ‘सम्बन्धित जिल्ला र प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरुलाई अविलम्ब सच्याउनुपर्छ’, ओलीको प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?