+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१०९ बलमा १५७ रन आवश्यक
चितवन राइनोज 2025
13/0 (1.5)
Shares

व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जहिलेसुकै संशोधन गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १८:३८

२८ वैशाख, काठमाडौं । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जहिलेसुकै संशोधन गर्न सकिने गरी कानुन बनाउन लागेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ ।

यसलाई बदलेर जहिले सुकै सच्याउन सकिने गरी सरकारले सम्बन्धित ऐन संशोधन गर्न लागेको छ । तर, जहिले संशोधन गर्न पाइने भए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’ मा यस्तो प्रस्ताव गरिएको हो ।

‘कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लेखित नाम थर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ’ संशोधन प्रस्तावमा भनिएको छ ।

व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा रहेको विवरण एक वर्षभित्र मात्रै संशोधन गर्न सकिने व्यवस्था व्यवहारिक रुपमा अमिल्दो भएको जनगूनासोका आधारमा जहिलेसुकै तर, एक पटक संशोधन गर्न सकिने गरी कानुन बनाउन लागिएको कानुन मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?