+
+

रेसुङ्गा-काठमाडौं व्यावसायिक उडान सुरु

अनिल खत्री अनिल खत्री
२०८० वैशाख २९ गते ९:०३

२९ वैशाख, गुल्मी ।  गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा सो जहाज उडेको थियो । सो जहाजले चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा आएको सो जहाज रेसुङ्गाबाट १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन् । अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ ।

व्यवसायिक उडानमा पहिलो पटक यात्रा गरेका रेसुङ्गा नगरपालिका वडानम्बर–४ का धनिश्वर गौतमले यात्रा निकै आनन्दपूर्ण रहेको बताए । उनले आफ्नी बिरामी आमालाई काठमाडौंमा उपचार गराएर घरमा ल्याउने क्रममा जहाजको यात्रा गरेका थिए ।

रेसुङ्गा विमानस्थल सञ्चालन हुनुपूर्व गुल्मी जिल्लावासीले रुपन्देहीको भैरहवासम्म गाडीमा र त्यहाँबाट हवाई जहाज चढेर काठमाडौं जाने गर्दथे । काठमाडौंबाट फर्किंदा पनि भैरहवासम्म हवाईजहाजमा र त्यसपछि झण्डै ५ घण्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता थियो । गाडीबाट गुल्मी–काठमाडौं यात्रा भने झण्डै १३ देखि २२ घण्टाको हुने गर्दछ ।

अब जिल्लाबाटै हवाईजहाज चल्ने भएपछि गुल्मेलीले राहत महसुस गरेका छन् । रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको हवाईजहाजको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्मको दुरी ५० मिनेटको छ ।

रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पार गरेर विमानस्थल पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?