+
+

इलामको माई नगरपालिकामा यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १८:१०

२९ वैशाख, इलाम । इलामको माई नगरपालिकामा आगामि जेठ २६ गतेबाट यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ। माई नगरपालिका-४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।

जेठ २७ गते सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागि हुने छन् ।नेपाल रग्बी संघको आयोजना तथा प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघको संयोजन रहनेछ ।

प्रतियोगितामा दुई सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने छ । प्रतियागिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिए । केन्द्रीय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

संघीयताको पूर्ण अभ्यास स्वरुप जिल्ला जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना अघि वढाउनु सकारात्मक रहेको माई नगर रग्बी संघका अध्यक्ष रञ्जीत काफ्लेले जानकारी दिए ।

इलाममा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताए । प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिए । प्रतियोगिता सेभेन ए साईड संरचना अनुसार सञ्चालन हुने छ ।

नेपाल रग्बी संघले भर्रखरै विश्व रग्बी संघको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्वपूर्ण सावित हुने आयोजकले अपेक्षा लिएको छ । नेपालले यस अघि २०१४ मा एशिया रग्बीको एसोशियस्ट सदस्यता पाएको थियो । त्यस पछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो।

नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालनसँगै घरेलु प्रतियोगिता पनि सफलता पूर्वक सम्पन्न गरेको छ। गत भदैमा एशिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारीस पछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?