
३१ वैशाख, काठमाडौं । नेप्से कर्मचारी संघले नेप्सेको पुनर्संरचना गर्नुपर्ने भन्दै नयाँ स्टक स्क्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कर्मचारी संघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा नेप्से सञ्चालक समितिको निर्णयलाई कार्यान्वयन हुनेगरी नेप्सेको तत्काल पुनर्संरचना गर्न माग गरेको छ ।
नेप्से सञ्चालक समितिले विदेशी रणनीतिक साझेदार ल्याउन तथा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरी पुनर्संरचना गर्ने निर्णय गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।
स्थापनादेखि नै निरन्तर नाफामा रहेको सार्वजनिक संस्थानलाई कजोर बनाउन स्वार्थ समूहको लागि नयाँ स्टक एक्सचेञ्ज खोल्ने धितोपत्र बोर्डको प्रयास रहेको नेपसे कर्मचारी संघले बताएको छ । तर, मन्त्रिपरिषद्ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्ने निर्णय स्वागतयोग्य भएको संघले बताएको छ ।
प्रतिक्रिया 4