+
+

प्रहरी कार्यालयमा पुगे पूर्वसभासद आङटावा शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १९:२४

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको अनलाइनखबरलाई जानकारी दिए ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?