+

भीडभाडमा पनि कोही किन टोलाउँछन् ?

२०८० जेठ  २ गते १७:५९ २०८० जेठ २ गते १७:५९
Shares
भीडभाडमा पनि कोही किन टोलाउँछन् ?

एक्लै बस्दा वा कुनै कामबाट विश्राम लिंदा एकछिन टोलाउनु स्वभाविकै हो । तर कतिपय व्यक्ति भीडभाडमा टोलाइरहेका हुन्छन् । अरु कुराकानी र ख्यालठट्टामा रमाइरहँदा उनीहरुलाई त्यसको कुनै मतलब नै हुँदैन । कुनै गहन सोचमा डुबे जसरी टोलाइरहेका हुन्छन् ।

यसरी टोलाउनु सामान्य नै हो कि अरु केही ?

कोही व्यक्ति आफैंसँग भित्रभित्रै कुरा गर्ने खालका हुन्छन्, यसलाई अन्तरव्यक्तिगत सञ्चार पनि भनिन्छ । यसमा आत्मवार्ता, सम्झना, कल्पना, पहिलेका कुनै दृश्य मनमा आउँछन् र तिनलाई सम्झेर मानिस टोलाउँछ ।

टोलाउने कारण

चिन्ता : कुनै व्यक्ति चिन्तित भएर पनि टोलाउने गर्छन् ।

दुःख : परिवारका सदस्य घुमाएमा वा कुनै दुःखले छापेको अवस्थामा मानिस धेरै टोलाउँछ ।

स्वभाव : परिवारको सदस्यमध्ये कोही पहिलेदेखि टोलाउने स्वभावका छन् भने सन्तानमा पनि त्यस्तो हुन सक्छ ।

एक्लोपन : प्रायः एक्लै बस्ने व्यक्ति धेरै टोलाउने गर्छन् । आफ्नै धुनमा मस्त हुने, मनभित्रै कुरा गरिरहने स्वभावका व्यक्तिले टोलाइरहन्छन् ।

कसैलाई आफू टोलाइरहेको पनि थाहा हुँदैन । यस्तोमा उनीहरुको अवचेतन मनले भूमिका खेलिरहेको हुन्छ ।

टोलाउनु कुनै रोग हो ?

टोलाउनु रोग होइन, यो सबै मानिसमा हुन्छ । एकछिन वा केही मिनेट टोलाउनु सामान्य भएपनि लामो समयसम्म टोलाउने समसया छ भने चाहिं कुनै मानसिक रोगको संकेत पनि हुन सक्छ ।

टोलाउनुका साथै खाना नरुच्ने, आत्तिने, दुब्लाउँदै जाने, पसिना आउने, बोल्न मन नलाग्ने, झर्को लाग्नेजस्ता लक्षण देखिएमा एन्जाइटी, डिप्रेसन वा अल्जाइमर भएको हुन सक्छ । यी रोगमा पनि टोलाउने लक्षण हुन्छ ।

समाधान के ?

मनमा कुनै कुरा छ भने आफूसँग मिल्ने साथी वा परिवारका सदस्यलाई सेयर गर्ने गर्दा मन हलुका हुन्छ । सकेसम्म एक्लै नबस्ने, व्यायाम गर्ने, साथीसँग घुलमिल हुन खोज्ने, आफूलाई मनपर्ने काम जस्तै गीत सुन्ने, गाउने, किताब पढ्ने, नाच्ने, घुम्ने गरे टोलाउने समस्याबाट मुक्ति पाउन सकिन्छ । सकेसम्म आफूलाई व्यस्त राख्न कोसिस गर्नुपर्छ । यी कुरा अपनाउँदा पनि परिवर्तन भएन भने मानसिकरोग विशेषज्ञसँग जँचाउनुपर्छ ।

(आचार्य बानेश्वरस्थित मनोदर्शन साइकोलोजिकल कन्सर्न प्रबन्ध निर्देशक समेत हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

टोलाउने मानसिक स्वास्थ्य
प्रज्ज्वल आचार्य
लेखक
प्रज्ज्वल आचार्य
मनोविद्

परामर्श मनोविज्ञानमा स्नातकोत्तर विशेषज्ञता न्युरो भाषा विज्ञान, हिप्नोथेरापी (सम्मोहन) एण्ड गेस्टाल्ट थेरापी प्याक्टिसनर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अस्वभाविक मृत्युमा किन आवश्यक छ पोष्टमार्टम ?

अस्वभाविक मृत्युमा किन आवश्यक छ पोष्टमार्टम ?

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?