+
+

आमिर अख्तरले फिर्ता लिए मुद्दा, क्यानले ईपीएल आयोजना गर्न दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १७:२९

२ जेठ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएलले  नेपाल क्रिकेट संघ क्यान विरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ । क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग कानूनविपरीत सम्झौता गरेको भन्दै ईपीएलका सञ्चालक आमिर अख्तरले ११ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

‘मुद्दा फिर्ता लिएको प्रमाणपत्र भर्खरै प्राप्त भएको छ । क्यानले सभेन थ्री स्पोर्ट्ससँको सम्झौता रद्द गर्ने निर्णय गरेको र ईपीएल पनि पहिलैकै शैलीमा आयोजना गर्ने भनेर चिठी दिएपछि हामीले मुद्दा फिर्ता गर्ने निर्णय गरेका हौं’ अख्तरले अनलाइनखबरसँग भने, ‘अब नेपाली क्रिकेटमा लडाइँ सकियो । हामीले पहिलेकै जस्तै ईपीएल गर्न पाउने क्यानले स्पष्ट पारेको छ ।’

क्यानले सेभेन थ्री स्पोर्ट्ससँग मिलेर गत पुसमा पहिलो संस्करणको नेपाल टी-२० लिग आयोजना गरेको थियो । तर लिगमा बेटिङ, स्पट फिक्सिङ लगायत घटना भएपछि क्यानले साधारण सभाबाट सेभेन थ्री स्पवर्ट्ससँग सम्झौता खारेज गर्ने निर्णय गरिसकेको छ ।

यसअघि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग कानुनविपरित सम्झौता गरेकोले नेपाली क्रिकेटप्रति चिन्ता भएकोले मुद्दा हालेको र अहिले क्यानले सम्झौता रद्द गर्ने निर्णय गरेसँगै आफूहरुले पनि मुद्दा पिर्ता लिएको उनले बताए ।

क्यानले अब हुने ईपीएलका लागि स्वीकृति प्रदान गर्ने अमिर अख्तरले जानकारी दिए । अब नेपाली टिमको अन्तर्राष्ट्रिय खेल तालिका हेरेर ईपीएल आयोजनाका लागि तयारी गर्ने अख्तरले जानकारी दिए ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुद्दा फिर्ता लिने विषयमा यसअघि छलफल भएको र अमिर अख्तरले मुद्दा फिर्ता लिन्छु भनेपछि पत्र दिएको बताए ।

‘हामीले यस विषमा छलफल गरेर मुद्दा फिर्ता लिइ सहजीकरण गर्न भनेका थियौँ । उहाँले मुद्दा पिर्ता लिनुभयो नेपाली क्रिकेटका लागि यो सकरात्मक विषय हो’ चन्दले अखनलाइनखबरसँग भने, ‘इपीएल आयोजना गर्न दिने भन्ने सहमति भएको छ । तर कुन मोडालिटीमा कसरी गर्ने भन्ने विषयमा फेरि छलफल हुनेछ । खेलाडीको पेमेन्ट, लिगको मोडालिटी, विदेशी खेलाडी लगायत विषयमा फेरी छलफल गर्नेछौं ।’

क्यान अध्यक्ष चन्दले नेपाली क्रिकेटको हित र खेलाडीको विकासका लागि हाम्रो सबै सम्भावनाको ढोका खुल्ला रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?