+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिद्धार्थ बैंकलाई आईएफसीले साढे ५ करोड डलर ऋण दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १४:४३

२ जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ७ अर्ब २३ करोड (५ करोड ५० लाख अमेरिकी डलर) रूपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने गरी ऋण सम्झौता भएको सिद्धार्थ बैंकले जनाएको छ । उक्त सम्झौता अनुसार लगानी गर्न आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण उपलब्ध गराउनेछ ।

आईएफसीले नेपाली बैंकलाई उपलब्ध गराउने हालसम्मकै ठूलो ऋण भएको समेत बैंकले दाबी गरेको छ ।

उक्त सहकार्यसँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपूर्ण कृषि जस्ता परियोजनामा लगानी गर्ने जनाएको छ । सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केही हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

‘डिजिटल फर्स्ट‘ अभ्यास अपनाउँदै सिद्धार्थ बैंकले दिगो विकासलाई सधैं प्राथमिकतामा राखी बैंकको समग्र व्यापार रणनीति वातावरणमैत्री, समाज केन्द्रित तथा सुशासन पक्षहरूलाई ध्यानमा राखी आउने पुस्ताका लागि दिगो प्रभाव सिर्जना गर्न बैंक सधै प्रतिबद्ध रहेको बताएको छ । बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको छ । बैंक आईएफसीले आयोजना गरेको १०औं ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अप्रेसन बैंक इन साउथ एशिया २०२१’ अवार्ड बाट सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?