+
+

सावित्रा सम्मिलिति गोकुलम केरला र एन्जिला सम्मिलित सेथु सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते २०:१२

२ जेठ,  काठमाडौं । नेपाली खेलाडी सम्मिलित तीन वटा टिम भारतमा जारी इन्डियन वुमन्स लिग आईडब्लुएलको सेमिफाइनलमा पुगेका छन् ।

मंगलबार साँझ सम्पन्न क्वाटरफाइनलमा सावित्रा भण्डारी सम्मिलित गोकुलम केरलाले ओडिसा एफसीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा कप्तान एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथुले इस्ट बंगलालाई हरायो ।

समूह चरणमा सानदार प्रदर्शन गर्दै गोलको वर्षा गरेको साविक विजेता गोकुलम केरालाले क्वाटरफाइनलमा ओडिसा एफसीलाई हराउन पेनाल्टीसुटआउटको सहारा लिनुपर्‍यो ।

निर्धारित समयमको एक खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट तय भएको हो । खेलमा ओडिसा एफसीले पहिलो अग्रता लिएको थियो ।

नाङ्गम बालादेवीले दोस्रो मिनेटमै गोल गर्दै ओडिसा एफसीलाई अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्जुरी टाइममा असेम रोजा देवीले गोकुलम केराललका लागि बराबरी गोल फर्काइन् ।

सुटआउटमा गोलकिपर बेएट्रिस एनटिवा एनकेतिअले उत्कृष्ट प्रदर्शन गरेपछि गोकुलम केरालले सेमिफाइनलमा स्थान बनाएको हो ।

पेनाल्टीसुटआउटमा नेपालकी सावित्रा भण्डारीसहित लोइतोङ्ग्बा असलता देवी र इन्दुमथी काथिरेसनले गोल गरिन् ।

ओडिसाका कप्तान बालादेवी, अन्जु तामाङ र प्यारी छाछाले पेनाल्टीमा गोल गर्न सकेनन् । अन्जु र प्यारीको प्रहार गोकुलम केरलाकी गोलकिपर बेएट्रिसले बचाइने भने बालादेवीको प्रहार पोष्टमा लागेर पर्केको थियो ।

उता एन्जिलाको कप्तानीमा मैदान उत्रेको सेथुले इस्ट बंगलामाथि गोलको वर्षा गर्दै ९-० को जित निकाल्यो । सेथुको जितमा अपुर्ना नाजारीले डबल ह्याट्रिक गरिन् ।

यस्तै काजल डेसुजा, नाओरेम प्रियंका देवी र इभी फेथ अटिएनोले १-१ गोल गरिन् । यसअघि पनि एन्जिलाले सेथुको लागि कप्तानी गरिसकेकी थिइन् ।

जारी लिगमा ७ खेल खेल्दा एन्जिलाले ६ खेलमा क्लिनसिट राखेकी छन् । उनले एक खेलमा जम्मा एक गोल मात्र बेहोरेकी थिइन् ।

अब पहिलो सेमिफाइनलमा नेपाली खेलाडी रहेको दुई टिम किकस्टार्ट एफसी र सेथु भिड्नेछन् ।

सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्टले पहिलो क्वाटरफाइनलमा होप्सलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै सावित्रा सम्मिलित गोकुलम केरालाले भने सेमिफाइनलमा इस्टर्न स्पोर्टिङ युनियनसँग खेल्नेछ ।

स्पोर्टिङ युनियनले क्वाटरफाइनलमा नेपाली खेलाडी रेखा पौडेल रहेको स्पोर्ट्स ओडिसालाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?