+
+

मृत्युपछि पनि म एआईमार्फत हलिउडमा अभिनय गरिरहनेछु : टम ह्यांक्स

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १८:०९

काठमाडौं । हलिउड अभिनेता टम ह्यांक्सले मृत्युपछि पनि आफ्नो अभिनय करिअरलाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को माध्यमबाट निरन्तरता दिने अवधारणा अघि सारेका छन् । ‘फरेस्ट गम्प’ र ‘कास्ट अवे’ अभिनेताले एआईमार्फत आफ्नो छवि पुनः सिर्जना गर्न सकिने बताउँदै नयाँ फिल्म ‘फ्रम नाउ अनटिल किङडम कम’मा काम गर्ने सुनिश्चित पनि गरे ।

तर यो अवधारणाले कलात्मक र कानुनी चुनौती सिर्जना गर्ने उनले स्वीकार गरे । संगीतकारहरुले एआईलाई गीत सिर्जनामा प्रयोग गर्न सक्ने बताएको सन्दर्भमा ह्यांक्सको यस्तो भनाइ बाहिर आएको हो । ६६ वर्षीय ह्यांक्सलाई एडम बक्सटन पोडकास्टको पछिल्लो एपिसोडमा नयाँ प्रविधिको कानुनी प्रभावहरूको बारेमा सोधिएको थियो ।

‘यो काम सधैं सुस्त रह्यो,’ उनले भने, ‘पहिलो पटक हामीले एउटा फिल्ममा काम गर्‍यौं, जसमा हाम्रो आफ्नै डाटाको ठूलो परिमाणलाई कम्प्युटरमा लक गरिएको थियो । शाब्दिक रूपमा हामी जस्तो देखिन्थ्यो । यो पोलर एक्सप्रेस भनिने फिल्म थियो ।’

‘हामीले यो आउँदै गरेको देख्यौं, हामीले देख्यौं कि कम्प्युटरभित्रबाट कसरी अनुहारलाई चरित्रमा परिणत गर्ने क्षमता हुन गइरहेको छ । यस्तो क्षमता एक अर्ब गुणाले बढेको छ र हामी यसलाई जताततै देख्छौं,’ ह्यांक्सले भने । सन् २००४ मा रिलिज भएको ‘पोलार एक्सप्रेस’ डिजिटल मोसन–क्याप्चर टेक्नोलोजी प्रयोग गरेर बनाइएको यो पूर्ण एनिमेटेड पहिलो फिल्म थियो ।

फिल्म उद्योगमा प्रविधिको प्रभावबाट कलाकारलाई कसरी जोगाउने भन्ने विषयमा छलफल भइरहेको ह्यांक्सले बताए । ‘म तपाईंलाई भन्न सक्छु कि मेरो अनुहार र मेरो आवाज सबै मेरो बौद्धिक सम्पत्ति हो भनेर सबै फिल्म संघसंस्था, एजेन्सी र कानुनी क्षेत्रमा छलफल भइरहेको छ,’ उनले भने, ‘कोहीले पनि जुनसुकै उमेरमा आफूलाई एआई वा नक्कली टेक्नोलोजीको माध्यमबाट पुनः सिर्जना गर्न सक्छ । मलाई भोलि बसले ठक्कर दिन सक्ला र त्यसपछि पनि एआईमार्फत मेरो काम निरन्तर हुन सक्छ ।’

ड्रेक र द वीकेन्डको आवाजलाई प्रयोग गरेर सिर्जना गरिएको एउटा गीत गत महिना स्ट्रिमिङ सेवाबाट हटाइयो, तर केही संगीतकर्मीले चाहिं संगीत सिर्जनामा आफ्नो आवाज प्रयोग गर्न प्रोत्साहित गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?