+
+

जनकपुरमा भ्रष्टाचारविरुद्ध नागरिक समाजको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १८:३९

३ जेठ, जनकपुरधाम । भ्रष्टाचारविरुद्ध जनकपुरधाममा नागरिक समाजले प्रदर्शन गरेको छ ।

जनकपुरको जनकचाकेकमा ‘दलीय भागवण्डा र भ्रष्टाचारविरुद्ध एक होऔं’ नारासहित नागरिक समाजका अगुवा तथा लेखक रामरिझन यादवको नेतृत्वमा प्रदर्शन भएको हो ।

नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्ड, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकाको साईकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा भएको भ्रष्टाचार काण्ड लेखिएको प्लेकार्डसहित नागरिक समाजले प्रदर्शन गरेको हो ।

पूर्व पत्रकार समेत रहेका यादवले आफ्ना देशका नागरिकलाई पैसाको लागि शरणार्थी बनाउने जस्तो नीचकाण्ड गृहमन्त्री जस्ता पदमा बसेका व्यक्तिबाट हुनु अकल्पनीय अक्षम्य अपराध भएको बताए । नक्कली शरणार्थी लगायतको अन्य सबै काण्डको स्वच्छ निष्पक्ष छानबिन गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले माग गरे ।

ठूलो भ्रष्टाचार काण्ड शृंखलावद्ध रुपमा सार्वजनिक भइरहँदा मधेशको राजधानी जनकपुर लगायत मधेशका नागरिक समाज वुद्धिजिवी एकदिन एकछिनका लागि सडकमा नआउनु दुखद रहेको यादवको भनाइ छ । भ्रष्टाचारविरुद्ध सबै सचेत नागरिकले खबरदारी गर्नुपर्ने उनले बताए ।

प्रदर्शनमा नागरिक समाजका बालकेशर ठाकुर, विपती मण्डल, दिनदेश पूर्वे लगायतले हरेक भ्रष्टाचार काण्डका निष्पक्ष छानविन गरी दोषी जो कोही भए पनि उन्मुक्ति नदिन सरकारसँग माग गरेका छन् ।

रामरिझनको अगुवाइमा भ्रष्टाचारविरुद्ध यसअघि सप्तरीको राजविराज, सिरहाको सिरहा सदरमुकाममा प्रर्दशन भएको थियो । भोलि महोत्तरीको सदरमुकाम जलेश्वर र पर्सि सर्लाहीको मलंगवामा प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?