+
+

सिन्धु कप जेठ २८ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:३१

५ जेठ, काठमाडौं । युथ स्पोर्ट्स क्लबको आयोजना जेठ २८ गतेदेखि सिन्धु कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक युथ स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म संचालन हुने जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिता सिन्धुपाल्चोकस्थित लामोसाँघुको वसन्तपुर खेल मैदानमा हुनेछ ।

जसमा ए डिभिजनका दुई टोलीसहित आठ टोलीको सहभागिता रहने छ ।

ए डिभिजनका दुई विभागीय टोली डिभिजनका त्रिभुवन आर्मी एफसी र एपीएफ क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड, झम्सिखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्ट्स क्लब, काभ्रे जिल्ला फुटबल एसोसियसन र दोलखा जिल्ला फुटबल एसोसियसनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले ५-५ हजार पाउने छन् ।

नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ दि म्याचले २ हजार पाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?