+
+

अग्रता जोगाउन नसक्दा आर्मी खुमलटारसँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:४४

५ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा एफसी खुमलटारसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालमा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफेन समिर विनोङले गोल गरे ।

खेलको १५औं मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा मेसुकेले खुमलटारका लागि बराबरी गोल गर्दै ।

जारी लिगमा मेसुकेको यो १४औं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा मछिन्द्र एफसीका ओलावाले आफिजसँगै अगाडि छन् ।

दोस्रो हाफमा पनि आर्मीले सुरुमा अग्रता लियो । नवयुगले ५१औं मिनेटमा गोल गरेपछि आर्मीले २-१ को अग्रता बनाएको थियो ।

तर स्टेफेन समिरले ७५औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि आर्मीको १९ खेलबाट २६ अंक भएको छ । समान खेलबाट १८ अंक जोडेको खुमलटार अन्तिम स्थानमै छ ।

यस्तै शुक्रबारै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एपीएफ क्लबलाई ३-२ ले पराजित गरेको छ ।

जितपछि १९ खेलबाट २५ अंक जोड्दै हिमालयन शेर्पा सातौं स्थानमा उक्लेको छ । एपीएफ समान खेलबाट २२ अंकसहित १२औं स्थानमा छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?