 
																			७ जेठ, काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।
अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी दिएका हुन् ।
मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् ।
‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणा अन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा मतदान हुने अध्यक्ष राउतले बताएका छन् । भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा÷पालिकाको जनमत पार्टीका सदस्यहरुले भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4