+
+

तामाकोशी पाँचौंका लागि सञ्चय कोषसँग ऋण सम्झौता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १२:४४

७ जेठ, काठमाडौं । दोलाखामा बन्न लागेको तामाकोशी–पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । यसबारे आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्झौता हुँदैछ ।

यसका लागि आइतबार साँझ ऋण लगानी सम्झौता समाहरोह हुँदैछ । यो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यासकेड’ प्रोजेक्ट हो ।

माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर ९९.८ मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको लगानी १६ अर्ब ४५ करोड रहेको छ । जुन लगानी बोर्डबाट स्वीकृत भइसकेको छ ।

यो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोशीको विद्युत गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको यो आकर्षक आयोजना हो ।

आयोजना बनाउन कर्मचारी सञ्चय कोषसँग लगानी गर्ने समझदारी भएपनि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुन सकेको थिए । ३० प्रतिशत लगानी इक्विटीबाट र ७० प्रतिशत ऋण लगानीमा आयोजना बनाउन लागिएको हो ।

माथिल्लो तामाकोशीको विद्युत गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरी दोभान पुर्‍याइनेछ । आयोजनामा कुल ८ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई सहज अवस्था छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि सहज छ ।

माथिल्लो तामाकोशीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ । तामाकोशी पाँचौंमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ ।

आयोजनाको कुल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल छ । आयोजनाले वाषिर्क रुपमा ५४ करोड युनिट ऊर्जा उत्पादन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?