+
+

सिटीको प्रिमियर लिग उपाधि यात्रामा १० महत्वपूर्ण क्षण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १६:५६
आर्सनललाई पराजित गरेपछि सिटीका खेलाडी खुसी मनाउँदै । फाइल तस्वीर

७ जेठ, काठमाडौं । आर्सनलको चुनौति पन्छाउँदै म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिग उपाधि जितेको छ ।

पूरा सिजनभर आर्सनलले सिटीलाई पछि राख्दै आएको थियो । तर, आर्सनलले शनिबार नटिङघम फरेस्टलाई खेलको जतिजा सुम्पन बाध्य भएपछि सिटी तीन खेल अगाडि नै लिग च्याम्पियन बन्यो ।

उपाधि यात्रामा धेरै यस्ता क्षणहरु थिए जसले सिजनभर नै ट्वीस्ट र टर्न ल्याइराख्यो ।

जसले प्रिमियर लिगलाई रोमान्चक बनाउन सहयोग गर्यो । बीबीसीले सिटीको उपाधि यात्राका १० महत्वपूर्ण क्षणलाई यसरी उल्लेख गरेको छ ।

१. सिटीका लागि हालान्डको पहिलो गोल

धेरै समय पहिलाजस्तो लाग्छ । तर, यो सिजन सुरु हुनु ठीक अघि कम्युनिटी शिल्डमा एर्लिङ हालाण्डले गोलका लागि निकै संघर्ष गरेका थिए । डार्विन नुनेजको एक प्रदर्शनले लिभरलु ३–१ ले विजयी रह्यो ।

त्यसपछि धेरै आलोचना सुरु भए । तर, एक सातापछि यी नर्वेजियन युवा सुपरस्टारले प्रिमियर लिगको डेब्यू खेलमै दुई गोल गरे र वेष्टह्याम २–० ले पराजित रह्यो ।

यो गोलले सिजनको लयलाई नै मर्गनिर्देश गर्यो । यद्यपी दोस्रो खेलमा बर्नमाउथले उनलाई शान्त राख्न सफल भयो । त्यसपछि हालान्डले प्रिमियर लिगमा लगातार दुई ह्याट्रिकसहित सात खेलसम्म गोल गरिरहे ।

२. शहरीय प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथिको शानदार जित

म्यानचेस्टर डर्बी सधैं रोमान्चक हुन्छ । यो सिजनको पहिलो पनि अपवाद थिएन । किनभने अक्टोबरको सुरुवातमै सिटीले युनाइटेडलाई ६–३ गोलअन्तरले पराजित गरेको थियो ।

हालान्डले ह्याट्रिक गोल गरेका थिए । उनी सधैं विपक्षीका लागि सबैभन्दा ठूलो खतरा रहिराखे । साथै फिल फोडेनले पनि ३ गोल गरेका थिए ।

खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । गोललाई छाड्ने हो भने युनाइटेडले पनि एकताबद्ध खेल प्रदर्शन गरेको थियो । त्यसको केहि साता अगाडि उनीहरुले आर्सनललाई ३–१ ले हराएर आत्मविश्वास उँचो पारेका थिए ।

३. लेस्टरविरुद्ध डी ब्रुयनको फ्रिकिक गोल

अक्टोबरको अन्त्यसम्म हालान्ड सिटीको प्लेइङ सेटका नियमित सदस्य भइसकेका थिए । उनले लिगमा अविश्वसनीय २२ गोल गरिसकेका थिए । तर, लेस्टरविरुद्धको खेलमा उनी थिएनन् ।

पेप ग्वार्डिओलाको टिम अंकतालिकाको शीर्ष स्थानमा पुग्न यो खेल जित्नैपर्ने आवश्यकता थियो । त्यसअघि आर्सनलले नटिङघम फरेस्टसँग खेलिसकेको थियो । त्यसैले ग्वार्डिओलाले सबैभन्दा भरोसायुक्त केभिन डी ब्रुयेनलाई टिममा राखे ।

दोस्रो हाफको सुरुवातमा पाहुना टोलीले २५ यार्डबाट फ्रिकिकको अवसर पायो । तीन अंक हासिल गर्नका लागि डी ब्रुयेनले लेस्टरको पोष्टमा शानदार फ्रिकिकमार्फत आश्चर्यजनक गोल गरे ।

४. अन्तिम मिनेटमा हालान्डको पेनाल्टी

सिजनको सुरुवातमा आर्सनल शीर्ष उडानको आनन्द लिइरहेको थियो । म्यानचेस्टर सिटी एउटा अवसरको प्रतीक्षामा थियो ।

यद्यपि सिजनको नवप्रवेशी फुलह्यामसँगको खेल सिटीका लागि केराको बोक्रामाथि हिँडेजस्तो हुन लाग्यो । उनीहरु लगातार ९ खेलको जितयात्रा समाप्त हुने चरणमा थिए ।

तर, ९५औं मिनेटमा सिटीले पेनाल्टी पायो । केभिन डी ब्रुयेनमाथि बक्सभित्र फल भएको थियो । हालान्ड पेनाल्टीका लागि बल लिएर अघि बढे, गोल गरे । सिटी २–१ ले विजयी रह्यो ।

यो सिटीका लागि एक कठिन जित तियो । किनभने २६औं मिनेटमा जोआओ क्यान्सेलोले रातो कार्ड पाएयता घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । र, यो खेलले सिटीलाई उपाधि दौडमा बलियो बनायो ।

५. बेञ्चबाट आएर मेहेरेजको गोल

नयाँ वर्ष सुरु भएसँगै उपाधि होडमा बदलाव देखियो । आर्सनलका लागि लिग उपाधि एक प्रतिष्ठाको विषय थियो भने सिटी उपाधि रक्षामा आफूलाई सफल बनाउन चाहन्थ्यो ।

६ जनवरीमा उनीहरुले चेल्सीको यात्रा गरे । सिटीलाई थाहा थियो कि स्टाम्फोर्ड ब्रिजको हारले उनीहरु आर्सनलभन्दा ८ अंकले पछि पर्नेछन् ।

पेप ग्वार्डिओलाको टिम उत्कृष्ट प्रदर्शनबाट धेरै टाढा थिए । तर, सिटी प्रशिक्षकले आफ्नो बेञ्चको प्रयोग शानदार रुपमा गरे । एक घण्टाको समयपछि उनले ज्याक ग्रेलिस र रियाद मेहेरेजलाई मैदान पठाए । त्यसको प्रभाव केहि मिनेटदेखि नै सुरु भयो । बेन्चबाट गएका मेहेरेजले खेलमा एकमात्र गोल गरे ।

जित हासिल गर्नका लागि सिटीले अर्को एक शानदार रणनीति लगायो । यस्तो खेल र नतिजाले उनीहरुमा च्याम्पियन्सको ट्रेडमार्क बनेको छ ।

६. आर्सनललाई हराएर सिटी शीर्ष स्थानमा

आर्सनलको उपाधि यात्रामा सबैभन्दा कठिन परीक्षाको दिन १६ फेब्रुअरी थियो, जुन दिन उसले म्यानचेस्टर सिटीको आतिथ्य गरेको थियो । सिटीका लागि त्यो सिजनको पहिलो टप अफ द टेवल संघर्ष थियो ।

आर्सनलका लागि सिटीमाथिको सम्भावित जितले प्रतिद्वन्द्वीमाथि मनोवैज्ञानिक झड्का दिने निश्चित थियो । तर हारले ग्वार्डिओलाको टिम नोभेम्बरपछि पहिलोपल्ट शीर्ष स्थानमा पुग्ने अवस्था थियो ।

केभिन डी ब्रुयेनको सुरुवाती अग्रतालाई बुकायो साकाले रद्ध गरिदिए । तर, ज्याक ग्रेलिसले खेलको अन्त्यतिर गोल गरिदिए, उनी विश्वकपबाट फर्किएपछि एक अविश्वसनीय लयमा थिए । त्यसपछि हालान्डले अर्को गोल गरेर फराकिलो जित निश्चित गरे । यो जितले उपाधि यात्रामा म्यानचेस्टर सिटीको गति परिवर्तन भएको धेरैको तर्क थियो ।

७. सालिवाको चोट

आर्सनलका जो कसैसँग सोध्नुपर्छ– उपाधि होड किन लडखडायो ? उनीहरु सबै विलियन सालिवाको चोटतर्फ इशारा गर्छन् ।

फ्रान्सेली युवा डिफेण्डर सालिवा सिजनको सुरुवाती आधा समयसम्म आर्सनलका लागि एक चट्टानका रुपमा थिए । तर, १६ मार्चमा स्पोर्टिङ लिस्बनसँगको युरोपा लिग खेलमा चोटग्रस्त बने ।

आर्सनलले सोही खेलमा सालिवाका साथी खेलाडी डिफेण्डर ताकेहिरो टोमियासुलाई पनि गुमाउनु पर्‍यो । अन्ततः यो जोडीको अनुपस्थितिबाट आर्सनल कहिल्यै माथि उठ्न सकेन ।

यी खेलाडी चोटग्रस्त बनेपछि आर्सनलले लगातार ७ खेलसम्म क्लिनसिट राख्न सकेन । एकैपल्ट ७ मेमा आर्सनलले न्युकासललाई २–० ले हरायो । त्यतिबेलासम्म उनीहरुको उपाधि यात्रा लगभग सकिसकेको थियो ।

८. आर्सनलले लिभरपुलमाथि २–० को अग्रता गुमाउनु

सिजनको अन्त्यतिर आर्सनलका युवा खेलाडीहरु आफ्नो मानसिक अवस्थाको कठिन परीक्षाबाट गुज्रिनुपर्यो । किनभने उनीहरु सन् २०१२ यता लिभरपुलमाथि पहिलो जितको लक्ष्यसहित एनफिल्ड पुगेका थिए ।

२८ मिनेटसम्म आर्सनल २–० ले अगाडि यो । यसलाई कायम राख्न सकेको भए आर्सनलले सिजनको ८ खेल अगावै स्पष्ट रुपमा ८ अंकको अग्रता बनाउन सक्थ्यो । तर, दुई गोल खान पुग्दा एउटा ठूलो जित उनीहरुबाट टाढा भयो ।

उपाधि दौडको दबावले आर्सनलका खेलाडीहरुलाई कतिसम्म असर पारेको छ भनेर त्यो पहिलो संकेत थियो ।

उपाधि रक्षा गर्ने सिटीको लक्ष्य अब आफ्नै हातमा पुगेको थियो । उनीहरु आर्सनलसँग ६ अंकले पछि थिए । एक खेल कम खेलेका थिए र, एउटा खेल इत्तेहाद रंगशालामा आर्सनलसँगै खेल्नुपर्ने थियो ।

९. बुकायो साका पेनाल्टीमा चुक्नु

लिभरपुलको बराबरीपछि लगत्तै अर्को खेलमा पनि आर्सनल अविश्वसनीय रुपमा २ गोलको अग्रताबाट लडखडाएको थियो ।

गाव्रियल जेसस र मार्टिन ओडेगार्डले वेष्टह्याममा खेलको सुरुवाती १० मिनेटमै टिमलाई २ गोलको अग्रता दिलाएका थिए । तर, ३३औं मिनेटमा सइद बेनरहमाको पेनाल्टी र ५४औं मिनेटमा जेरोर्ड बोवेनको गोलले उनीहरु अंक बाँढ्न बाध्य रहे ।

यद्यपि खेलको महत्वपूर्ण क्षण दोस्रो हाफको सुरुमै आएको थियो, जतिबेला आर्सनल २–१ ले अगाडि थियो । आर्सनलले पाएको पेनाल्टी प्रहार साकाले बाहिर फाले । त्यसको तीन मिनेटपछि वेष्टह्यामले बराबरी गोल फर्काएको थियो ।

१०. आर्सनलमाथि विजयका साथ सिटीले उपाधि आफूतिर तान्यो

अप्रिलमा भएको क्षतिका बाबजुद आर्सनललाई उपाधि सम्भावना आफ्नो पक्षमा मोड्ने एक अर्को अवसर थियो । उनीहरु उपाधि होडको निर्णायक खेलका लागि म्यानचेस्टर सिटीको यात्रामा थिए ।

त्यो समयमा आर्सनल शीर्ष स्थानमै थियो । सिटीसँग थप दुई खेल भए पनि आर्सनल स्पष्ट रुपमा ५ अंकले अगाडि थियो । आर्सनलका लागि त्यो जितले स्पष्ट ८ अंकको अग्रता हुनसक्थ्यो र आफ्नो भाग्य आफैंले निर्धारण गर्न सक्ने हुन्थ्यो ।

उनीहरुको आशा समाप्त हुन केवल सात मिनेट लाग्यो जव, केभिन डी ब्रुयेनले गोलको खाता खोले । उनको ह्याट्रिक सहयोगमा सो खेल सिटीले ४–१ ले जित्यो ।

यो हार आर्सनलका लागि ठूलो झड्का थियो । यो नतिजाले उसको उपाधि जित्ने सम्भावना १० प्रतिशतमा झरेको थियो ।

यद्यपि केहि व्यक्तिहरु आर्सनल त्यो अवस्थाबाट फर्किन सक्ने अनुमान गरिरहेका थिए । केहि सातापछि ब्राइटनसँग हारेपछि उनीहरुको सन् २००४ पछि पहिलोपल्ट प्रिमियर लिग जित्ने लक्ष्य यो सिजनका लागि समाप्त भयो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?