+
+

जेफ बेजोसको कम्पनीले चन्द्रमामा पुर्‍याउनेछ नासाका अन्तरिक्षयात्री, ३ अर्ब डलरको सम्झौता

एजेन्सी एजेन्सी
२०८० जेठ ९ गते १३:२९

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र अमेजन कम्पनीका संस्थापक जेफ बेजोसको अन्तरीक्ष कम्पनी ब्लू ओरिजिनबीच करिब ४ खर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ ।

यो सम्झौतासँगै ब्लू ओरिजिन कम्पनीले चन्द्रमामा अन्तरिक्षयात्री पुर्‍याउनका लागि नयाँ अवतरक यान बनाउनेछ । यसअघि नासाको अन्तरिक्ष कार्यक्रमको ठेक्का एलन मस्कको कम्पनी स्पेस एक्सले पाएको थियो । उक्त सम्झौता अन्तरतग स्पेस एक्सल स्टारशिप बनाएको थियो ।

नासाबाट ३ अर्ब डलरको नयाँ कन्ट्रयाक्ट प्राप्त गरेसँगै जेफ बेजोसले खुसी व्यक्त गर्दै आफुहरु चन्द्रमामा जान लागिरहेको बताएका छन् । नासासँग काम गर्दा कम्पनीलाई गौरवको महसुस भएको भन्दै उनले आफ्नो कम्पनीले नासाका अन्तरीक्षयात्रीलाई चन्द्रमामा अवतरण गराउने दाबी गरेका छन् ।

उता ब्लू ओरिजनमा लूनर ट्रान्सपोर्टेसन विभागका उपाध्यक्ष जोन कलुरिसले भने यो मिसनका लागि ७ अर्ब डलर लाग्ने र अहिले त्यसको आधामात्रै रकम प्राप्त भएको बताएका छन् ।

उनले आफ्नो कम्पनीले ब्लू मून ल्याण्डर बनाउने र आर्टेमिस ५ मिसनसम्म सो ल्याण्डर पूर्णरुपमा तयार हुने बताए ।
सन् २०२९ सम्ममा आर्टेमिस ५ मिसनमार्फत् चन्द्रमामा अन्तरिक्षयात्री पठाउने योजना नासाको छ ।

आफ्नो कम्पनीको प्रविधि र नासाको दिमागको सम्मिश्रण हुने कुराले आफू खुसी भएको पनि उनले बताएका छन् ।

विभिन्न कम्पनी मिलेर गर्नेछन् काम

ब्लू ओरिजिनको एउटा राष्ट्रिय टिम छ । जसमा लकहिड मार्टिन पनि संलग्न छन् । लकहिडले अन्तरिक्षयानको सर्भिसिङ तथा इन्धन भरणको काम हेर्नेछन् ।

बोइङले अन्तरिक्षयानमा डकिंग प्रविधिको काम गर्नेछ भने साथै ड्रेपर गाइडेन्सले नेभिगेसन तथा सिमुलेटर प्रविधि जडान गर्नेछ । त्यस्तै एस्ट्रोबोटिकले पे लोडसम्बन्धी काम गर्नेछ भने हनिबीले रोबोटिक्स कार्गो डेलिभरी प्रणाली सम्हाल्नेछ ।

नासा र ब्लू ओरिजिन बीचको उक्त करार सम्झौता अनुसार ब्लू ओरिजिनले सुरुमा आफ्नो अन्तरिक्षयानलाई कुनै पनि अन्तिक्षयात्री बिना नै चन्द्रमाको सतहमा उतारेर आफ्नो सिस्टमले सही ढंगले काम गर्छ वा गर्दैन भनेर बताउनुपर्नेछ । यो काम स्पेस एक्सले पनि गर्नुपर्नेछ ।

स्पेस एक्सको ल्याण्डरको प्रयोग आर्टेमिस-३ मिसनमा हुनेछ । यो मिसन सन् २०२५/२६ मा चन्द्रमामा जानेछ । जबकि ब्लूमून ल्याण्डर चाहीँ आर्टेमिस-५ मा प्रयोग हुनेछ ।

नासाका प्रशासक बिल नेल्सनका अनुसार नासालाई अझै थप २ वटा ल्याण्डर आवश्यक पर्नेछन् र त्यसका लागि अझै प्रतिस्पर्धा होस् भन्ने नासाको चाहना छ । यसबाट विश्वास कायम हुनुका साथै ब्याकअप पनि हुने र नासालाई फाइदा समेत पुग्नेछ । यसबाट अमेरिका र पूरै विश्वलाई नै फाइदा पुग्ने दाबी नेल्सनको छ । यसअघि नासाले एलन मस्कको कम्पनी स्पेसएक्सलाई २ अर्ब ९० करोड डलरको ठेक्का प्रदान गरेको थियो । जस अन्तरगत स्पेसएक्सले स्टारशिप रकेट निर्माण गरेको थियो ।

कस्तो हुनेछ ब्लू मून ल्याण्डर ?

यो ल्याण्डर सिधा टावर जस्तै ५२ फिट अग्लो हुनेछ । यसमा २३ फुट चौडा ब्लू ओरिजिन न्यूग्लेन रकेट रहनेछ । अन्तरिक्षयानभित्र अन्तरिक्षयात्री बस्नका लागि कोठा हुनेछ । यसभित्र चारजना अन्तरिक्षयात्रीहरुले ३० दिनसम्म काम गर्नेछन् । सो कम्पार्टमेन्टमा चारवटा ल्याडिंग खुट्टा तथा माथि रकेट मोटर हुनेछन् । यसबाट ओर्लिनका लागि सानो आकारको फोल्डेबल सिँढी हुनेछ ।

रकेटको बीचको भागमा तरल अक्सिजन तथा हाइड्रोजन सिलिन्डर हुनेछ । साथै रेडिएटर प्यानल र सोलार एरे पनि रहनेछ । यो केवल ल्याण्डर मात्र होइन अर्बिटर पनि बन्नेछ र आवश्यक परेको बेला रकेटको रुपमा पनि काम गर्नेछ । यसलाई कालान्तरमा चन्द्र स्पेस स्टेशनको रुपमा पनि प्रयोग गर्न सकिनेछ । ताकि आवतजावत गर्ने अन्तरिक्षयात्रीलाई कुनै कठिनाइ नहोस् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?