+
+

बजेट माग्दै सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली सिंहदरबारमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:२२

९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकता दिनुपर्ने माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली काठमाडौं आएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेशसभाका विपक्षी दलका नेता राजेन्द्र रावल र मन्त्रीहरुले मंगलबार सिंहदरबार पुगेर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई भेटेको छ ।

भेटमा मुख्यमन्त्री शाहले अथाह सम्भावना भएर पनि सुदूरपश्चिम पछाडि परेको भन्दै बजेटमा विशेष प्राथमिकता दिनुपर्ने बताए ।

आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको जवाफ दिएका छन् । ‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नुप¥यो, सुदूर र कर्णालीका योजना सुदुर र कर्णालीले नै बनाउने हो ।’

सरकारको नीति तथा कार्यक्रमले सुदूरपश्चिम क्षेत्रलाई धेरै स्थान दिएको भन्दै उपाध्यक्ष श्रेष्ठले बजेटले पनि प्राथमिकता दिनेमा ढुक्क हुन सुदूरपश्चिमको टोलीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?