+
+
Shares

एमाले विश्वविद्यालय हो, केपी ओली भिसी हो, प्रोफेसर डाक्टर हो : गोकुल बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:३६

९ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तारुढ सांसदहरुले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकामा रोष प्रकट गरेका छन् ।

एमाले अध्यक्ष ओलीले गत आइतबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एक घण्टा ५२ मिनेट लामो मन्तव्य दिएका थिए । ओलीको मन्तव्यको पक्ष र विपक्षमा सांसदहरुबीच फरक फरक धारणा आइरहेको छ ।

सोमबार माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष ओली संसदमा हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष ओलीको तेजोवध नगर्न सत्तारुढ सांसदहरुलाई चेतावनी दिए । बरु ओलीको सम्बोधनबाट सिकेर अगाडि बढ्न सुझाव दिए ।

ओलीलाई ‘हेडमास्टर’ भनिएकोप्रति आपत्ति जनाउँदै बास्कोटाले हेडमास्टरको उपाधिले नपुग्ने जवाफ दिए । ‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं’ उनी भन्छन्, ‘नेकपा एमाले लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको, सामाजिक न्यायसहितको परिवर्तनको, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो । त्यसैले तपाईंहरुले दिएको उपाधिले हामीलाई पुग्दैन ।’

बास्कोटाले माओवादी सांसद सापकोटालाई जवाफ फर्काए, ‘केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर डाक्टर हो, इन्जिनियर हो, आर्किटेक्चर हो, सबै हो ।’

एमाले अध्यक्ष ओलीले राखेका सम्पूर्ण विषयप्रति दृढ समर्थन रहेको बताउँदै सांसद बास्कोटाले सत्तापक्षका सांसदहरुले प्रतिपक्षीको आवाज सुन्ने धैर्यता राख्न नसकेको र आफ्नो कमजोरी लुकाउन प्रतिपक्षीको तेजोवध गरेको टिप्पणी गरे ।

‘सत्तापक्ष आफ्नो कमजोरी लुकाउनको निम्ति प्रतिपक्षको तेजोवोध गर्ने र तीव्र प्रतिवादमा उत्रने उल्टो बाटो समातेर हिडेँको देखियो । म छक्क परेको छु’ बास्कोटाले भने ।

एमाले अध्यक्ष ओलीले सिकाएका विषय ग्रहण गरेर उल्टो बाटोलाई सुल्टो बनाउन सत्तारुढ दलहरुलाई सांसद बास्कोटाले सुझाव दिए ।

उनी भन्छन्, ‘तपाईंहरु (सत्तापक्षका सांसदहरु) ले कम्तीमा सिक्न पाउनुभयो । म बधाई भन्न चाहन्छु । इन्फरमेसन, रिफरमेसन र ट्रान्सफरमेसनको, सामाजिक विकासको मान्यतालाई तपाईंहरुले ग्रहण गर्नुस् सुल्टोबाटो यो हुन्छ होला ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?