
फाइल तस्वीर ।
९ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मंगलबार नेपाल पुलिस क्लबले थ्री स्टारलाई १-० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एनेफा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि अहमद हिजाजीले निर्णायक गोल गरे ।
उनले २८औं मिनेटमा गरेको गोल नै पुलिसलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । यस सिजन सातौं जित निकालेको पुलिस २० खेलबाट २५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
छैटौं स्थानको थ्रीस्टार र सातौं स्थानको हिमालयन शेर्पा भन्दा पुलिस एक अंकले मात्र पछि छ ।
यस सिजन थ्री स्टारको यो छैटौं हार हो । हिमालयन समान अंक भए पनि थ्रीस्टार अंकतालिकामा अघि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4