+
+

चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते ६:४८

१२ जेठ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध ४–१ को सहज जित निकाल्दै युनाइटेड युरोपियन प्रतियोगितामा छनोट भएको हो ।

युनाइटेडका लागि कासेमिरोले छैटौं मिनेटमा पहिलो गोल गरे । यस्तै एन्टोनी मार्सियलले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेजले ७३औं र मार्कुस रासफोर्डले ७८औं मिनेटमा गोल गरेपछि युनाइटेडले ४–० को अग्रता बनायो ।

चेल्सीका लागि जाआओ फेलिक्सले ८९औं मिनेटमा सान्त्वना गोल गरे ।

जितपछि ३७ खेलबाट ७२ अंक जोडेर युनाइटेड तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ७० अंक रहेको न्युकासल चौथो स्थानमा छ । न्युकासल यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेको छ ।

च्याम्पियन म्यानचेष्टर सिटीसहित आर्सनल, म्यानचेस्टर युनाइटेड र न्युकासलले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?