+
+

यसरी बन्दैछ नागढुङ्गामा सुरुङमार्ग (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० जेठ १२ गते १४:०३

१२ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेका छन् ।

विश्व बैंकका उच्च अधिकारीसहितको टोली लिएर मन्त्री ज्वाला नागढुङ्गा सुरुङमार्गको अनुगमनमा पुगेका हुन् । अनुगमनका क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए ।

आयोजनाका अनुसार ३ जेठसम्म कुल आयोजनामा ५३.४२ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ भने आयोजनाको कुल बजेटमध्ये ५८.३२ प्रतिशत रकम खर्च भइसकेको छ ।

अहिलेसम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम ८२.२० प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये २ हजार २.६० मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये २ हजार ३०५.८० मिटर सुरुङ खनिएको छ ।

वर्किङ अडिटको पुरै १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ८६.२५ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले मुख्य सुरुङ्गमा ९६५.७० मिटर कंक्रिट लाइनिङ गरेको छ । यो कुल सुरुङको ३५.९० प्रतिशत मात्रै हो ।

३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।

फ्लाइओभर निर्माणका लागि जग राख्ने काम भइरहेको छ भने मुआब्जा वितरणको काम ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?