+
+

विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार राशि सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १५:५०

१२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप फाइनलअघि प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको छ ।

अस्ट्रेलिया र भारतबीच विश्व टेष्ट च्याम्पियनसिप २०२१–२३ को फाइनल खेल इंग्ल्याण्डको ओभल मैदानमा ७ जुनदेखि सुरु हुनेछ ।

यो खेलको विजेता टेष्टको विश्व च्याम्पियन बन्नेछ भने १६ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । उपविजेता टिमले ८ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ ।

सन् २०१९–२१ साइकलको पुरस्कार रकममा परिवर्तन नगरिएको आईसीसीले जानकारी दिएको छ । त्यो टेष्ट च्याम्पियनसिपको पहिलो संस्करण थियो । दोस्रो संस्करणमा पनि कुल पुरस्कार राशि ३८ लाख डलरको हुनेछ ।

टेष्ट च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि भारतलाई हराउँदै न्युजिल्याण्डले जितेको थियो ।

कुल पुरस्कार राशि सबै ९ टिमले बाँढ्नेछन् । विश्व टेष्ट च्याम्पियनसिपको अंकतालिकामा तेस्रो भएको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार डलर पाउनेछ । चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पाउनेछ ।

पाँचौं भएको श्रीलंकाले २ लाख पाउनेछ । छैटौं भएको साविक विजेता न्युजिल्याण्ड, सातौं भएको पाकिस्तान, आठौं भएको वेष्ट इडिज र नवौं भएको बंगलादेशले समान १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?