+
+

एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २२:१७

१२ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यसअघि नेपाली टोलीको कप्तान रहेकी प्रिति राई चोटका कारण टिममा छैनन् । उनले चोटका कारण ओलम्पिक क्वालिफायर अन्तर्गत भियतनाम विरुद्धको खेल गुमाएकी थिइन् ।

राष्ट्रिय टिमका सदस्यद्वय दिपा शाही र अमिसा कार्की भने यू-२० टिममा समावेश छन् ।

पहिलो चरण पार गरेर दोस्रो चरणमा प्रवेश गरेको नेपाल समूह बीमा छ । यस समूहमा नेपालसहित चीन, म्यानमार र चाईनिज ताइपेई छन् ।

समूह ए मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान छन् ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटको समूह विजेता बन्दै नेपाल दोस्रो चरण पुगेको हो ।

दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ सम्म हुनेछ ।

दुवै समूहबाट उत्कृष्ट दुई-दुई टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट हुनेछन् । नेपालले छनोटको पहिलो खेल जुन ६ मा आयोजक म्यानमारसँग खेल्नेछ ।

यस्तै जुन चीनसँग जुन ८ र चाइनिज ताईपेईसँग जुन १० मा खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान डिफेन्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, अञ्जली मचामासी, सारा बज्राचार्य

फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सन्दिपा भोलान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?