+
+

‘मन्थ अफ दी आर्टिस्ट’ बन्दै नर्वेमा फिल्म निर्देशक आङदेम्बेको तस्वीर प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १३:४३

काठमाडौं । फिल्म निर्देशक तथा साहित्यकार प्रकाश आङदेम्बेले खिचेका तस्वीरको प्रदर्शनी यतिबेला नर्वेमा भइरहेको छ । नर्वेको दक्षिणी सहर सियनमा अवस्थित गुल्सेट सामुदायिक केन्द्रमा यतिबेला फोटो प्रदर्शनी भइरहेको छ । सियन सहरले उनलाई ‘आर्टिस्ट अफ दी मन्थ’को रुपमा चुनेको छ ।

मे महिनादेखि सुरु भएको उनको फोटोग्राफी जुनसम्म निरन्तर चल्ने जनाइएको छ । उनको एकल फोटोग्राफी हेर्न अहिले उक्त कला भवनमा कलामा रुचि राख्ने नर्वेली दर्शकको घुइँचो लागिरहेको छ । आर्टिस्ट अफ दी मन्थको सम्मान पाउने निर्देशक आङ्देम्बे नर्वेमा सम्भवतः पहिलो नेपाली भएको बताइएको छ ।

नर्वेको दक्षिणी सहर सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा र संस्कृतिकै एक कम्युन हो । उक्त केन्द्रले संसारभरबाट त्यहाँ पुगेका मानिसलाई निःशुल्क भाषिक, सांस्कृतिक, सिर्जनशील सौन्दर्य आदानप्रदान गराउँदै हितैषी भावना जगाउने तालिम समेत प्रदान गरे ।

प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, सूक्ष्म र वाइल्ड फोटो समावेश गरेका छन्, जहाँ नेपालको परिचय दिने तस्वीरहरू बढी छन् ।

आङदेम्बे अढाइ दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा पनि निरन्तर छन् । उनले आफू पोइटिक फोटोग्राफीमा रुचि राख्ने बताउँछन् । सियन विश्वप्रसिद्ध कवि तथा नाटककार हेनरिक इव्सेनको जन्मभूमि समेत हो । आङदेम्बे भन्छन्, ‘हरेक कुराको भाष्य र मूल्य निर्माण गर्न आवश्यक हुने रहेछ । भाष्य र मूल्य निर्माण गर्नलाई संस्कार र संस्कृति निर्माण गर्नुपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ, सिक्न पाएँ ।’ आङदेम्बेलाई यो अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिइएको छ ।

आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ केही वर्ष पहिले रिलिज भएको थियो । यो फिल्मले भुटानी शरणार्थीको अवस्थालाई चित्रण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?