+
+

रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते २१:४९

१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीलाई सरकारले नै योजनाबद्ध रुपमा कैदमुक्त गरेको बताएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा रेशमको सजाय माफी दिएका थिए । रास्वपा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सरकारको कदम पूर्वाग्रही भएको बताएको छ । उनले भनेका छन्, ‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ र, सरकारले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?