+
+

पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते ११:५९

१५ जेठ, काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो । नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?