+
+

जुत्ता चप्पलको कच्चा पदार्थको भन्सार वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २३:५१

१५ जेठ, काठमाडौं । सरकारले आजबाट लागु हुनेगरी जुत्ता चप्पलको कच्चा पदार्थको भन्सार वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले भन्सार जुत्ता, तलुवा र पाउपोसको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको हो ।

यस्तै प्लास्टिक वा रबरको बाहिरी तलुवा र हिलमा लाग्दै आएको भन्सार महसुल पनि दोब्बरले बृद्धि गरिएको छ । यस अघि १० प्रतिशत लाग्दै आएको कर दोब्बरले बढाएर २० प्रतिशत पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?