+
+

करका दरमा डा. खतिवडाको टिप्पणी- मन्त्रीले पदको बाजी नराखेको भए हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १०:२८

१७ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले करका दरलाई लिएर पदको बाजी नराख्न अर्थमन्त्री डा. प्रकाशरण महतलाई सुझाव दिएका छन् ।

अर्थमन्त्री डा. महतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा करका दर कसैको दबाबमा हेरफेर गरेको प्रमाणित भए पदमा नबस्ने बताएका थिए । त्यसको जवाफमा डा. खतिवडाले पदको बाजी नराख्न सुझाव दिएका हुन् ।

आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले भने, ‘करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुन्छ । त्यो दुई प्रकारको आवश्यकताले हुन्छ । एउटा- प्रणालीको आवश्यकताले, अर्को- व्यवसायीको आवश्यकताले । त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ, पदको बाजी नै नराखेको भए हुने ।’

खतिवडाले प्रणालीकै आवश्यकका आधारमा करका दर फेरिएको हुन सक्ने भन्दै आफू त्यसमा विश्वस्त रहेको बताए ।

अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै उनले कर्मचारीतन्त्र पनि इमान्दार हुनुपर्ने बताए । हरेकपटक दर हेरफेर गर्दा शंका गर्ने हो भने आर्थिक अध्यादेश नै नल्याए हुने भन्दै उनले प्रणालीको आवश्यकताले गरेको भए शंका गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?