 
																			१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही सीमित ठूला लगानीकर्ताबाहेक सबैजसो लगानीकर्तालाई आय विवरण पेश गरेर कर दाखिला गर्नुपर्ने व्यवस्थाले नछुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकमा पैसा राख्नुभन्दा केही फाइदा हुन्छ कि भनेर सेयर बजारमा लगानी गर्नेहरुलाई यो व्यवस्थाले कुनै असर नगर्ने बताए ।
‘सेयरमा लगानी गर्ने आमनागरिक करको दायरमा आउने होइन । सेयर कारोबारको क्रममा घाटा पनि भएको हुन्छ, त्यसमा पनि कर लाग्ने कुरा भएन’ उनले भने ।
९९.९९ प्रतिशत लगानीकर्ता उक्त करको दायरामा नपर्ने उनले बताए । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
‘बैंकमा राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नुभएका कोही पनि यो करको दायराभित्र आउनुहुन्न,’ अर्थमन्त्री महतले भने, ‘त्यसैलाई व्यवसाय बनाएर कारोबार गर्नेले भने वर्षभरिको कारोबारको विवरण पेश गर्दा कारयोग्य आय देखिएमा पूँजीगत लाभकरबाट अपुग हुने कर तिनुपर्ने हो ।’
हेर्नुहोस् भिडियोः
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4